दार्चुला । दार्चुलाको महाकाली नगरपालिका स्तरीय छैंटौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आगामी माघ २ गतेबाट सञ्चालन हुने भएको छ । नगरपालिकाले मंगलबार (आज) एक सूचना जारी गर्दै आगामी माद्द २ गतेदेखि नगरपालिकास्रीय छैंटौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन हुने जनाएको हो ।
पुुस २२ गतेको नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समिति र सोमबार बसेको नगरपालिका भित्रका विद्यालयका खेल शिक्षक,प्रतिनिधि र नगरपालिकाको समन्वयात्मक बैठकको निर्णय अनुसार माघ २ गते देखि माघ ५ गते सम्म नगरपालिकाको वडा नम्बर ४ स्थित शिवनगर खेल मैदानमा प्रतियोगिता सञ्चालन गरिने नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हेम राज जोशीले जानकारी दिनुभयो ।
प्रतियोगितामा १८ वर्ष मुनिका कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरुले मात्रै सहभागी हुन पाउने छन् । प्रतियोगितामा छात्र÷छात्रा भलिबल, छात्र÷छात्रा कबड्डी, एथ्लेटिक्सका विभिन्न विधामा खेलहरु सञ्चालन हुने छ ।
यस्तै नगरपालिकाले प्रतियोगिता सहभागी हुने विद्यार्थीलाई लक्षित गर्दै खेलाडीहरुको सहजताको लागि नगरबस सञ्चालन गर्ने भएको छ । नगरपालिकाले मंगलबार (आज) एक सूचना जारी गर्दै प्रतियोगितामा सहभागी हुने विद्यार्थीहरुलाई लक्षित गर्दै प्रतियोगिता अवधिभर विहान बेलुका बस सञ्चालन गर्ने निमित्त प्रमुख प्रशासकीय अधिकृत जोशीले बताउनुभयो ।




