दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिकामा निर्माण सम्पन्न भएको मकरीगाड हाइड्रोपावर कम्पनी लिमिटेडले मागहरु सुनुवाई नगरेको भन्दै स्थानीय आक्रोसित भएका छन् ।

संघर्ष समितिले मिति पुस २५ गते सोमबार विभिन्न मागहरु राख्दै कम्पनीलाई तथा माग सम्बोधनको लागी पहल र सहजिकरण गरिदिन माग गर्दै पुस २८ गते अपिहिमाल गाउँपालिका कार्यालयमा ज्ञापन पत्र बुझाएका थिए । ३ दिन भित्र माग सम्बोधनको लागि प्रक्रिया अगाडी बढाउनुपर्ने माग राखेका स्थानीयहरुले माग सम्बोधनको कुनै प्रक्रिया अगाडी नबढे पछि संर्घषका कार्यक्रम घोषणा गरेका छन् ।

मकरीगाड हाइड्रोपावर संघर्ष समितिले अपिहिमाल गाउँपालिकामा निर्माण भईरहेको मकरीगाड हाइड्रोपावर कम्पनी लिमिटेडले प्रभावित क्षेत्रका स्थानीयको हकहित र सेवा सुविधामा कुनै पहल नगरेको भन्दै स्थानीयले ध्यानाकर्षण गराएका छन् । अपिहिमाल गाउँपालिका वडा नम्बर ३, ४ र ५ मा निर्माण भएको मकरीगाड हाइड्रोपावर कम्पनी लिमिटेडले निर्माण सुरुआतदेखि स्थानीय जनताको हकहित तथा वातावरणमा प्रत्यक्ष प्रभाव पारे पनि स्थानीयको सेवा(सुविधामा कुनै पहल नगरेको भन्दै योजना प्रभावित क्षेत्रका स्थानीयहरुले कम्पनी र गाउँपालिकालाई छुट्टाछुट्टै ज्ञापनपत्र बुझाएका थिए ।

संघर्ष समितिल कम्पनीले शेयर जारी गर्ने तयारी गरेको सन्दर्भमा स्थानीय बासिन्दालाई प्रत्यक्ष लाभ सुनिश्चित गर्न माग गरिएको छ । कम्पनीलाई बुझाइएको ज्ञापनपत्रमा कम्पनीले वितरण गर्न लागेको शेयरमध्ये अपिहिमाल गाउँपालिकाबासीलाई निःशुल्क शेयर कित्ता उपलब्ध गराउनुका साथै स्थानीय अति प्रभावित क्षेत्रले पाउने १० प्रतिशत शेयरलाई १०० प्रतिशत मानी त्यसको ८० प्रतिशत शेयर अपिहिमाल गाउँपालिकाबासीलाई उपलब्ध गराउनुपर्ने माग गरिएको मकरीगाड हाइड्रो पावर संर्घष समितिका संयोजक देवेन्द्र सिंह रोकायाले बताउनुभयो ।

त्यसैगरी आयोजनाबाट प्रभावित क्षेत्रमा सडकमा पक्की वाल तथा आवश्यक स्थानमा तटबन्ध निर्माण, आयोजनाका कारण पानीका मुहान सुकेका स्थानमा खानेपानी योजना निर्माण, विस्थापित भएका घट्टहरूको पुनःनिर्माण वा नयाँ घट्ट निर्माण गर्नुपर्ने माग राखिएको छ । साथै प्रभावित क्षेत्रका विद्यालय भवन निर्माण, आधारभूत स्वास्थ्य संस्थामा उपकरण उपलब्ध गराउने तथा अन्य आवश्यक स्थानीय पूर्वाधार निर्माण गरिदिनुपर्ने मागसमेत ज्ञापनपत्रमा समावेश गरिएको लोकदर्पण टिभीसंगको कुराकानीमा संयोजक रोकायाले भन्नुभयो ।

तीन दिनभित्र सम्बोधन गर्नुपर्ने अल्टिमेटमसहित अपिहिमाल गाउँपालिका वडा नम्बर ५ मकरीगाडस्थित कम्पनीको सम्पर्क कार्यालयमार्फत कम्पनीको प्रधान कार्यालय महाराजगञ्ज, काठमाडौंलाई ज्ञापनपत्र बुझाएकोमा हालसम्म कुनै जवाफ नआएकाले माग सम्बोधनका लागि पुनः अनुरोध गर्ने र संगसंगै संघर्षका कार्यक्रम अगाडी बढाउने निर्णय गरिएको रोकायाले बताउनुभयो ।

बुधबार बसेको प्रभावित क्षेत्रका स्थानीयहरुको बैठकले समयमै माग सम्बोधन नभए थप संघर्षका कार्यक्रम हुन सक्ने जानकारी समेत गराएको छ। साथै, मिति माघ २ गते बिहान १० बजे अपिहिमाल गाउँपालिकाका सबै वडाका घरधुरीबाट महिला र पुरुष सहभागी भई मकरीगाड हाइड्रोपावर कम्पनीको सम्पर्क कार्यालयमा उपस्थित हुन अनुरोध गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

शक्तिशाली लटिनाथ मन्दिर जयपुरमा बृहत नवमी जात्रा, धार्मिक महिमा र जात्रा विशेष (भिडियो)

२०८२ कार्तिक १३, बिहीबार १८:२५ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?