दार्चुला । दार्चुलाको दुहुँ गाउँपालिका–४ पोक्सेमा घरबाट सुन तथा नगद चोरी भएको भन्दै एक व्यक्तिको खोजीका लागि सहयोग गर्न स्थानीयले आग्रह गरेका छन्। सुनधनी बिस्ना कार्कीका अनुसार, दुहुँ गाउँपालिका–४ पोक्सेका शंकर सिंह कार्की तथा बिस्ना कार्कीको घरबाट असोज २ गते बिहान करिब ११ बजेको समयमा करिब १ तोला सुनको गहना र ४ सय रुपैयाँ चोरी भएको बताइएको छ।
उक्त घटनामा दुहुँ गाउँपालिका–४ पोक्सेकै दिलेन्द्र सिंह कार्की संलग्न रहेको आरोप लगाइएको छ। घटनापछि आरोपित व्यक्ति घरमा नरहेको बताइएको छ। कार्की सदरमुकाम खलंगा क्षेत्रमा रहेको खबर आएको भए पनि हालसम्म फेला नपरेको बताइएको छ। स्थानीयले फोटोमा देखिएका व्यक्तिलाई कसैले देखेमा वा उनको अवस्थाबारे जानकारी भएमा प्रहरी प्रशासन, सम्बन्धित निकाय वा उपलब्ध गराइएको सम्पर्क नम्बरमा तत्काल खबर गरिदिन आग्रह गरेका छन्।
घटनाबारे थप अनुसन्धान तथा चोरी भएको सामानको यकिन विवरण प्रहरीबाट पुष्टि हुन बाँकी रहेको छ। प्रहरीले आरोपित व्यक्तिको खोजी गरिरहेको जनाएको छ। पीडित परिवारले दिलेन्द्रकै नाम किटानी गरि चोरी गरेको दाबीसहित खोजिमा सहयोग गर्न अनुरोध गरेपछि तस्बिर सार्वजनिक गरिएको छ।
सम्पर्कका लागि: नेपाल प्रहरी १००
सुनधनी बिस्ना कार्की: 984 3260473
जिप्रका सूचना अधिकारी: 9858783555





प्रतिक्रिया