देउवाको उदासीनता रहस्यमय छ : रामचन्द्र पौडेल

दार्चुला । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवाको उदासीनता रहस्यमय भएको टिप्पणी गर्नुभएको छ ।

प्रेस युनियन कास्कीले आयोजना गरेको पूर्णप्रसादरमायादेवी बराल शान्ति पत्रकारिता पुरस्कार वितरण समारोहमा बोल्दै पौडेलले कांग्रेसले माओवादी र जसपालाई साथमा लिई सरकारको नेतृत्व गरी समस्याको निकास दिनुपर्ने बताउनुभएको हो ।

नेपालको राजनीति उल्टो दिशातर्फ गएको भन्दै पौडेलले राष्ट्रिय–अन्तर्राष्ट्रियजगतबाट नेपाललाई खेलमैदानको रूपमा प्रयोग गर्न खोजिएको दाबी गर्नुभएको छ । उहाँले केपी ओली नेतृत्वको सरकारले संसद् विघटन गरेर मुलुकलाई अधिनायकवादतर्फ धकेलेर नेपालको राजनीतिलाई अनिर्णयको बन्दी बनाएको आरोप लगाउनु भएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?