दार्चुला । योङ कम्युनिष्ट लीग (वाइसिएल) नेपाल दार्चुलाको इन्चार्जको जिम्मेवारी नर बहादुर बिष्ट र संयोजकको जिम्मेवारी सुरेन्द्र बमले पाउनुभएको छ ।
नेकपा (माओबादी केन्द्र) को पार्टी सहायक संगठन वाइसिएल नेपाल केन्द्रीय समितिको चौथो पुर्ण बैठकबाट रामप्रसाद सापकोटा (दीपशिखा) को संयोजकत्वमा १६१ सदस्यिय केन्द्रीय समिति चयन गरिएको छ । उक्त बैठकले सबै जिल्लामा समेत इन्चार्ज र संयोजक चयन गरेको हो । सोहि अनुसार सुदूरपश्चिमका सबै जिल्लामा इन्चार्ज र संयोजकको टुङ्गो लागेको छ ।
काठमाण्डौँमा सम्पन्न वाइसिएल नेपाल केन्द्रीय समितिको चौथो बैठकले अगामी जेठ ५ गतेभित्र जिल्ला भेला, २० गते भित्र प्रदेश भेला र जेठ २८, २९, ३० गते राष्टिय भेला आयोजना गर्ने निर्णय गरेको छ । बैशाख भरी नयाँ सदस्यता वितरण गर्दै वाइसियललाई नयाँ तरिकाले अगाडी बढाउने निर्णय भएको वाइसियल दार्चुलाका इन्चार्ज नर बहादुर बिष्टले बताउनुभयो ।
सर्बोच्च अदालतले केपी सर्मा ओली र पुष्पकमल दहाल नेतृत्वको नेकपालाई मान्यता नदिएपछि नेकपा एमाले र नेकपा माओबादी केन्द्र एकता पुर्वकै अवस्थामा फर्किएका छन् । एमाले र माओबादी केन्द्र पुनस्थापना भएसंगै भातृ संगठनहरु समेत व्युतिन थालेका छन् ।






प्रतिक्रिया