दार्चुला । अधिवक्ता रमेश बडाल महान्यायधिवक्तामा सिफारिस हुनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मुख्य कानुनी सल्लाहकार महान्यायधिवक्ताका लागि बडाललाई सिफारिस गर्नुभएको बताइएको छ ।
अधिवक्ता वडालले अनौपचारिक जानकारी आफूले त्यसबारे पाएपनि औपचारिक जानकारी प्राप्त भइनसकेको बताउनुभयो ।
महान्यायाधिवक्ता अग्नी खरेलले दिनुभएको राजिनामा आज शुक्रबार स्वीकृत भएपछि सो पदमा बडाल सिफारिस हुनुभएको हो ।
यो पनि पढ्नुहोस : महान्यायाधिवक्ता अग्निप्रसाद खरेलद्वारा राजीनामा





प्रतिक्रिया