अनेरास्ववियु दार्चुला बहुमुखी क्याम्पस कमिटी अध्यक्षमा ठगुन्ना (नामावली)

दार्चुला । दार्चुला सदरमुकाम खलंगामा रहेको दार्चुला बहुमुखी क्याम्पस दार्चुलामा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) क्याम्पस कमिटी गठन गरिएको छ ।

आइतबार विहान सन्तोष सिंह ठगुन्नाको संयोजकत्वमा ८५ सदस्यिय अनेरास्ववियु क्याम्पस कमिटी गठन गरिएको हो ।

सन्तोष सिह ठगुन्ना संयोजक रहेको उक्त कमिटीमा जानकी पाल सह-संयोजक, खडक सिंह धामी सचिव, कपिल देब भट्ट स-हसचिव र सुरेन्द्र जोशीलाई कोषाध्यक्ष चयन गरिएको छ ।

नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले क्याम्पस कमिटीका साथै सचिवालय समेत टुगों लगाएको छ ।

क्याम्पस कमिटी गठन कार्यक्रममा नेकपा एमाले दार्चुलाका प्रचार विभाग प्रमुख खडक बडालको प्रमुख आतिथ्यता रहेको थियो ।

उक्त कार्यक्रममा अनेरास्ववियुका क्याम्पस कमिटी संयोजक ठगुन्नाले दार्चुला बहुमुखी क्याम्पसमा अनेरास्ववियुलाई सबैभन्दा ठुलो संगठन बनाउनुका साथै बिद्यार्थीका हरेक समस्या समाधानका लागि विद्यार्थीलाई नेतृत्वदायी क्षेत्रमा पुर्याउन, सृजनात्मक, रचनात्मक र बौद्धिक लगायत हरेक कृयाकलापमा सकृय र समान सहभागी गराई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

No description available.

अनेरास्ववियु दार्चुला बहुमुखी क्याम्पस कमिटीमा रहेका पदाधिकारीहरुको सूचि हेर्नुहोस

May be an image of पाठ

May be an image of पाठ

May be an image of पाठ

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?