सुदूरपश्चिम सरकारलाई दिएको समर्थन छिट्टै फिर्ता लिन्छौं : मन्त्री भट्ट

दार्चुला । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने बताउनुभएको छ ।

धनगढी विमानस्थलमा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री भट्टले सुदूरपश्चिम सरकार परिवर्तन हुने दावी गर्नुभयो ।

नेकपा ऐमालेका नेतृत्वमा रहेका व्यक्तिहरू धनगढी आएको बताउँदै उहाँले पार्टीले छलफलपछि एउटा निष्कर्ष निकाल्ने बताउनुभयो ।

सुदूरपश्चिमका जनता पनि सरकार परिवर्तन गर्नुपर्छ भन्नेमा रहेको बताउँदै उहाँले प्रदेश सरकारले गति लिन नसकेकाले परिवर्तन गर्नुपर्ने धारणा राख्नुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?