दार्चुला । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गर्नुभएको छ ।
रिपोर्टर्स क्लबको वार्षिकोत्सव समारोहमा प्रधानमन्त्री अोलीले आउँदो साउन एक गतेदेखि नै लागू हुने गरी सामाजिक सुरक्षा भत्ता बढ्ने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले आगामी आर्थिक वर्षमा विद्यालयहरूको पूर्वाधार विकासका लागि पाँच अर्ब रुपैयाँभन्दा बढी रकम वितरण गरिने पनि बताउनुभयो ।
‘सामाजिक सुरक्षा प्रबन्धका क्षेत्रमा थुप्रो काम हामीले ग¥यौँ । योगदानका आधारमा सामाजिक सुरक्षा जस्ता कुराहरू ग¥यौँ । अरू पनि सामाजिक सुरक्षाका काम हामी गर्दै जान्छौँ । सरकारले नागरिकको लागि काम गरेकोमा केही व्यक्तिले आपत्ति जनाइरहेका छन्, साउन १ गतेदेखि लागू हुने गरी सामाजिक सुरक्षा भत्ता बढाइनेछ, कसैलाई आपत्ति भए पनि होस्’, ओलीले भन्नुभयो ।





प्रतिक्रिया