गृह मन्त्री थापाद्वारा शपथ ग्रहण

दार्चुला । नेकपा एमालेका नेता रामबहादुर थापाले गृह मन्त्री पदको शपथ लिनुभएको छ । शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले थापाले शपथ ग्रहण गराउनुभएको हो ।

एमाले प्रवेश गर्नुभएका थापालाई माओवादी केन्द्रले कारबाही गरेपछि राष्ट्रिय सभा सदस्यबाट उहाँ पदमुक्त हुनुभएको थियो । पदमुक्त भएपछि पुनः शपथ लिनुपर्ने व्यवस्थाअनुसार गृह मन्त्री थापाले शपथ लिनुभएको हो । उहाँ अब राष्ट्रिय सभा सदस्य नरहेकाले ६ महिनाका लागि मात्रै मन्त्री बन्न पाउनुहुनेछ ।

आजको शपथ ग्रहण समारोहमा सभामुख अग्नि सापकोटा सहभागी हुनुभएन ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?