दार्चुला । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्ना र युरोपियन युनियनका राजदुत नोना डेप्रेजबिच शिष्टाचार भेटवार्ता भएको छ ।
दुबै पक्ष बीच आपसी सम्बन्ध र युरोपियन युनियनले नेपालको विकासका लागि गर्न सक्ने थप सहयोग एबं सहकार्यका बारेमा छलफल भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री ठगुन्नाका स्वकिय सचिव दौलतसिंह ठगुन्नाले जानकारी दिनुभयो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा भेटवार्ता भएको थियो । मन्त्री ठगुन्ना र राजदुत डेप्रेजबीच सकारात्मक छलफल भएको उहाँले बताउनुभयो ।





प्रतिक्रिया