दार्चुला । नेकपा माओबादी केन्द्रको सहायक संगठन वाइसिएलले दार्चुला सदरमुकाम खलंगास्थित महाकाली नगरपालिकामा नगर कमिटी विस्तार गरेको छ ।
दानिराम बिकको अध्यक्षता एबं नेकपा माओबादी केन्द्रका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य दिपक जोशीको प्रमुख आतिथ्यततामा नगर कमिटी गठन गरिएको हो । खलंगामा बसेको वाइसिएलको बैठकले दानिराम बिकको संयोजकत्वमा ४५ सदस्यीय नगर कमिटी गठन गरेको हो । बैठकमा वाइसीएल नेपाल दार्चुला जिल्ला संयोजक सुरेन्द्र बहादुर बम र महाकाली नगर कमिटी इन्चार्ज बिरेन्द्र डोबालको विशिष्ट आतिथ्यतता रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि प्रदेश कमिटी सदस्य दिपक जोशीले वर्तमान जटिल राजनीतिक अवस्थाको सृजना कम्युनिष्ट पार्टी भित्र मौलाएको दक्षिणपन्थी विसर्जनबाद र ब्याक्तिबादका कारण भएको बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओली पार्टी र सरकार दुबैको नेतृत्वमा रहनुका कारण उहाँमा ब्याक्तिबाद र अहंकार बढेको जोशीको भनाई छ ।
जनताले कम्युनिष्ट पार्टीलाई दिएको मतको अपमान भएको र कम्युनिष्ट आन्दोलन जटिल मोडमा उभिएको धारणा राख्दै जोशीले अब सहि बिचार, शिद्धान्त र बाटोमा पार्टी आन्दोलन अगाडी बढाउनुका साथै आन्दोलनका प्राप्त उपलब्धिको रक्षा गर्न युवा पुस्ता जाग्नु पर्ने र एकताबद्ध भई अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
वाइसीएल नेपालका जिल्ला संयोजक सुरेन्द्र बमले संगठनको केन्द्रीय अभियान अन्तर्गत देशब्यापी रुपमा कमिटीको भेला, बैठक एवं सम्मेलन भइरहेको र दार्चुलाका महाकाली, मार्मा र अपिहिमाल गाउँपालिकामा बैठक सम्पन्न भइसकेको जानकारी गराउनुभयो ।
नियमित कार्यक्रम अन्तर्गत जिल्लाका अन्य गाउँपालिका तथा नगरपालिकाहरुमा अभियान संचालन गरिने उहाले बताउनुभयो ।





प्रतिक्रिया