एमाले कार्यदलको पहिलो बैठक बस्दै

दार्चुला । नेकपा एमालेभित्रको विवाद समाधानका लागि बनेको कार्यदलको पहिलो बैठक मङ्गलवार (आज) बस्दै छ । बैठक दिउँसो ३ बजे सिंहदरबारमा बस्ने तय भएको एमालेको ओली समूहका तर्फबाट कार्यदल सदस्य सुवास नेम्वाङले जानकारी दिनुभयो ।

पार्टीलाई २०७५ सालको जेठ २ गतेको अवस्थामा पुर्‍याउनका लागि आवश्यक निर्णय गर्न १० सदस्यीय कार्यदल बनेको छ । कार्यदलमा अध्यक्ष ओली समूहको तर्फबाट नेम्वाङसहित विष्णु पौडेल, प्रदीप ज्ञवाली, शङ्कर पोखरेल र विष्णु रिमाल रहेका छन् ।

यस्तै खनाल–नेपाल समूहको तर्फबाट भीम रावलको संयोजकत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेका छन् ।

गएको वैशाख ३१ गते प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओली र नेपाल समूहबीच एमालेलाई एकताबद्ध गरेर लैजाने सहमति जुटेको थियो । त्यसका लागि पार्टीलाई २०७५ को जेठ २ गतेको अवस्थाबाट अघि बढाउने दुई जनाबीच सहमति बनेको थियो । त्यो सहमति कार्यान्वयनका लागि १० सदस्यीय कार्यदल बनेको हो । कार्यदलले बुधवार ९भोलि० सम्ममा स्पष्ट खाकासहितको प्रतिवेदन तयार गरिसक्नुपर्ने समयसीमा रहेको छ ।

नेकपा माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेकाहरूको व्यवस्थापन र दुवै तर्फबाट बनेका समानान्तर कमिटीका कारण नेकपा एमालेभित्रको विवाद चरम उत्कर्षमा पुगेको छ । यसअघि खनाल–नेपाल समूहले सामूहिक राजीनामा दिएर पार्टी अध्यक्ष ओलीलाई अप्ठ्यारो बनाउने तयारीसमेत गरेको थियो ।

ओली २०७५ सालको जेठ २ गते फर्कने र त्यसका लागि कार्यदल बनाउन सहमत भएसँगै खनाल–नेपाल समूहको राजीनामा रोकिएको थियो । खनाल–नेपाल समूहले सामूहिक राजीनामा दिएको भए विपक्षी गठबन्धनलाई बहुमतको सरकार बनाउन सहज हुने थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?