दार्चुला । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारलाई चुनावी सरकार बनाउन प्रस्ताव गर्नुभएको छ ।
आइतबार पत्रकार सम्मेलन गरी एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले यही सरकारलाई चुनावी सरकार बनाउन प्रस्ताव गर्नुभएको हो ।
उहाँले भन्नुभयो, ७ वटा मन्त्रालय खाली नै छन् । संविधानले २५ भन्दा बढी बनाउन नपाउने भनेको छ । दलहरुको संसदको हैसियत अनुसार बाँडेर यही सरकारलाई राष्ट्रिय सरकार बनाउन सकिन्छ ।
यही सरकारलाई चुनावी सरकार बनाउन सकिने उहाँको भनाई छ ।
यसैबिच फरक प्रसंगमा प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा लामो समय पार्टीको नेतृत्व गरेका, पटकपटक प्रधानमन्त्री भइसकेका केही व्यक्तिका कारण देश अस्तव्यस्त भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘चार पटक प्रधानमन्त्री भएका, पार्टीको सभापति भइसकेका, ७० वर्ष कटिसकेका चार जना मानिसहरुले देश अस्तव्यस्त बनाएको बताउनुभयो ।
उहाँलेलोकतान्त्रिक बाटोबाट हिँडेर गए पनि सत्तामा पुग्न सकिने भन्दै असंवैधानिक, अलोकतान्त्रिक, अस्वस्थ प्रक्रियाबाट जान खोजेका कारण समस्या देखिएको बताउनुभयो । यसप्रति युवापङ्ति सजग हुनुपर्ने उहाँको भनाई छ । युवाहरुलाई लक्षित गर्दै उहाँले भन्नुभयो, ‘काँधमा अभिभारा बोकेर अघि बढ्न तयारी गर्नुस् । देशको वातावरण बिगार्न र निराशा पैदा हुन नदिनुस् ।’





प्रतिक्रिया