जसपा विवाद : कारबाही पुष्टि हुने आधार ल्याउन निर्वाचन आयोगको आग्रह

दार्चुला । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र महन्थ ठाकुरलाई एक–अर्कालाई कारबाही गरिएकोबारे प्रक्रिया पुर्‍याउन आग्रह गरेको छ ।

दुवै अध्यक्षले मङ्गलवार (हिजो) एक–अर्कालाई कारबाही गरेको पत्र निर्वाचन आयोगमा पठाएका थिए । तर निर्वाचन आयोगले भने कारबाही गर्नुपर्ने आधार र कारबाही गर्नका लागि चाहिने पदाधिकारी तथा केन्द्रीय सदस्यको हस्ताक्षर तथा ढाँचा नमिलेको भन्दै पुष्टि हुने कागजात पठाउन पत्र पठाएको हो ।

दुवै अध्यक्षले एक–अर्कालाई कारबाही गरिएको उल्लेख गरे पनि कारबाही पुष्टि हुने आधिकारिक कागजात र निर्णयको प्रतिनिधि नपठाएको आयोगले जनाएको छ । सरकारले गरेको प्रतिनिधि सभा विघटनको विषयलाई लिएर जसपा फुट नजिक पुगेको छ ।

अध्यक्ष महन्थ ठाकुर पक्षले प्रतिनिधि सभा विघटन ठिक हो भन्दै सरकारमा समेत सहभागी हुने तयारी गरेको छ । तर अर्का अध्यक्ष उपेन्द्र यादव र डाक्टर बाबुराम भट्टराई पक्षले भने सरकारको कदमलाई प्रतिगामी भन्दै विपक्षी दलको गठबन्धनमा आबद्ध भएको छ । दुवै पक्षले एक–अर्कालाई पार्टीको साधारण सदस्यबाटै निष्कासन गर्ने निर्णय गरिसकेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?