प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दा : आजकाे बहस सकियो, आइतवार पनि रिट निवेदककाे तर्फबाट बहस हुने

काठमाण्डौ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा शुक्रवार ९आज० का लागि बहस सकिएको छ । आज रिट निवेदकतर्फका कानुन व्यवसायीले बहस गरेका थिए । रिट निवेदकतर्फका कानुन व्यवसायीका लागि तय गरिएको समय अझै दुई घण्टा ३५ मिनेट बाँकी रहेको छ ।

इजलासमा रिट निवेदकका कानुन व्यवसायीलाई दुई घण्टा ३५ मिनेट समय बाँकी रहेको जानकारी गराएर प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आजका लागि इजलास स्थगित गर्नुभएको हो ।

आज वरिष्ठ अधिवक्ता श्रीहरि अर्याल, अधिवक्ता डा। दिनमणि पोखरेल, सुनील पोखरेल, टीकाराम भट्टराई, वरिष्ठ अधिवक्ता मुक्ति प्रधान र गोपालकृष्ण घिमिरेले बह गर्नुभएको थियो । बाँकी रिट निवेदकतर्फका कानुन व्यवसायीको बहसका लागि तय गरिएको समय अझै बाँकी रहेकाले आइतवार फेरि बहस हुनेछ ।

आजको बहसमा प्रधानन्यायाधीश जबराले रिट निवेदकतर्फका न्यायाधीश अधिवक्ता दिनमणि पोखरेललाई ुप्रधानमन्त्रीले म विश्वास लिदिनँ भन्ने ठाउँ संसद् कि राष्ट्रपति कार्यालय रुु भनेर प्रश्न गर्नुभएको थियो ।

जवाफमा अधिवक्ता पोखरेलले संविधानको धारा ७६ को उपधारा ५ मा प्रधानमन्त्री ओलीको दाबी नपुग्ने बताउनुभएको थियो । अल्पमतको सरकारपछि ३० दिनभित्र विश्वासको मत लिन्छु भनेको प्रधानमन्त्रीले आफूसँग बहुमत नपुग्ने भन्दै विश्वासको मत नलिएपछि फेरि त्यही व्यक्तिले उपधारा ५ अनुसार प्रधानमन्त्रीमा दाबी पेस गर्न नपाउने अधिवक्ता पोखरेलले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?