कैलालीका एक उपमेयरसहित ४ जनप्रतिनिधिको पद सर्वोच्चद्वारा थमौती

कैलाली । नेकपा माओवादी केन्द्रले कारबाही गरेपछि पद गुमाएका कैलालीका एक उपमेयरसहित चार जना जनप्रतिनिधिको पद सर्वोच्चले थमौती गरिदएको छ । सर्वोच्चका न्यायाधीश कुमार चुडालको इजलासले आज अन्तरिम आदेशमार्फत पद थमौती गरेको हो ।

भजनी नगरपालिकाकी उपप्रमुख छाँया देवकोटा, गौरीगंगा नगरपालिका–४ का अध्यक्ष भागिरथी विष्ट, गोदावरी नगरपालिका–१ का अध्यक्ष शर्मानन्द भट्ट र बर्दगोरिया नगरपालिका वडा नम्बर ४ का अध्यक्ष पुरन बिसीको पद जोगिएको हो ।

उनीहरूले पदबाट राजीनामा नदिएको, अर्को दलको सदस्यता नलिएको एवं नीज आफैंले वा नीजसमेत संलग्न भई अर्को दल गठन गरेको यकीन अवस्था नदेखिएकाले कारबाहीमा रोक लगाइएको सर्वोच्चको आदेशमा उल्लेख छ। उनीहरूको पद अर्को आदेश नभएसम्म थमौती भएको हो ।

एमालेमा प्रवेश गरेको भन्दै माओवादीले गरेको सिफारिसमा निर्वाचन आयोगले सूचना प्रकाशित गरी कैलालीका चार जना स्थानीय तहका जनप्रतिनिधिको पद रिक्त रहेको जनाएको थियो । त्यसका विरुद्ध उनीहरु सर्वोच्च पुगेका थिए ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?