पालिकामा सञ्चालन भइरहेका कोभिड अस्थायी अस्पताल तत्काल बन्द नगर्न मन्त्रालयको निर्देशन

काठमाण्डौ । पालिकामा सञ्चालन भइरहेका कोभिड अस्थायी अस्पताल तत्कालै बन्द नगर्न मन्त्रालयले निर्देशन दिएको छ । कोरोना सङ्क्रमणको सम्भावित तेस्रो लहर आउन सक्ने भन्दै ६ सय ४९ वटा पालिकामा सञ्चालित कोभिड अस्थायी अस्पताललाई साउनदेखि कम्तिमा ६ महिनासम्म निरन्तरता दिन मन्त्रालयले निर्देशन दिएको हो ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले आज बिहीवार विज्ञप्ति निकालेर निषेधाज्ञा खुकुलो भएसँगै सङ्क्रमण दर बढ्दो देखिएकाले तेस्रो लहर आउन सक्ने बताउनुभएको हो ।

सबै अस्पताललाई अक्सिजन भर्न र शय्या तयारी अवस्थामा राख्न निर्देशन दिएका छौँ, उहाँले भन्नुभयो, तेस्रो लहरले बालबालिकालाई बढी प्रभाव पार्ने भएकाले बालबालिकाका लागि सघन उपचार कक्ष (आईसीयू) र भेन्टिलेटर तयारी अवस्थामा राख्न भनेका छौँ ।

नेपालमा गएको चैत दोस्रो हप्तादेखि दोस्रो लहरको सङ्क्रमण छ । नेपालमा अहिलेसम्म सात लाख २४ हजार चार सय ५५ जनामा सङ्क्रमण पुष्टि भएको छ । यस्तै ६ लाख ३६ हजार चार सय दुई जना सङ्क्रमणमुक्त भएर घर फर्किएका र नौ हजार ६ सय ३७ जनाको सङ्क्रमणबाट ज्यान गएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?