दार्चुला । एमालेका दोस्रो तहका नेताहरुले पार्टी एकताको काम अन्तिम चरणमा पुगेको दाबी गरेका छन् । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल पक्ष आरोप–प्रत्यारोपमा उत्रिए पनि विघटित कार्यदलका सदस्यहरु बीचको निरन्तर छलफलबाट एकता अन्तिम चरणमा पुगेको बताएका छन् ।
ओली र नेपालबीच भेटवार्ता गराएर एकतालाई चाँडै सार्वजनिक गर्ने तयार भइरहेको विघटित कार्यदलका सदस्यहरुको भनाइ छ ।
‘एकताको काम अन्तिम चरणमा पुर्याएका छौं,’ कार्यदलका एक सदस्यले भन्नुभयो,‘ एकताको अस्त्र के हो भन्ने अहिले नै सार्वजनिक नगर्ने भन्ने छ । आजभोलि नजिता आउछ।’ -यो समाचार अन्नपूर्ण पोस्टमा छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया