नेपाल र दाहालबीच भेटवार्ता, ओलीलाई महाराजधिराज भनेकोमा धन्यवाद

काठमाडौं । नेकपा (माओवादी केन्द) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबी भेटवार्ता भएको छ ।

एमालेको आन्तरिक एकता कायम गर्न अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपालबीच वार्ता गराउने प्रयास तीन दिनदेखि असफल भइरहेका बेला माओवादी अध्यक्ष दाहाल कोटेश्वर पुगेर नेपाललाई भेट्नुभएको हो ।

नेपालनिवास कोटेश्वरमा दुई नेताबीच सत्तारुढ गठबन्धनलाई कायमै राख्ने बारेमा छलफल भएको छ । माधव नेपालसँगको भेटमा प्रचण्डले शुक्रबारको भाषणका लागि ‘धन्यवाद’ समेत दिनुभएको छ । केपी ओलीलाई महाराजधिराज भनेकोमा आफूले धन्यवाद दिएको प्रचण्डले बताउनुभयो ।

प्रचण्डले माधव नेपाल समूहसँग आफ्नो भावनात्मक सम्बन्ध रहेको भन्दै चाँडै केपी ओलीलाई एमालेहरूले चिन्ने र माधव नेपालकै नेतृत्वमा एमाले आउने दावी गर्नुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?