कैलालीमा जारी निषेधाज्ञा साउन २१ गतेसम्म लम्ब्याईयो

कैलाली। कैलालीमा जारी निषेधाज्ञा फेरि लम्बाइएको छ। निषेधाज्ञालाई थप खुकुलो पार्दै साउन २१ गतेसम्मलाई निरन्तरता दिएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालद्धाारा जारी आदेशमा उल्लेख छ।

जिल्ला प्रशासन कार्यालय कैलालीले सोमबार निषेधाज्ञा थपिएको बारे सूचना जारी गर्दै परीक्षा सञ्चालन हुने हल वा कोठाको आकारअनुसार एउटामा २५ जनाभन्दा बढी भेला नहुने गरी सञ्चालन गर्न भनेको छ ।

त्यस्तै परीक्षार्थीहरू हलमा प्रवेश गर्नु पूर्व र परीक्षा समाप्त भएपछि भौतिक दूरी कायम गर्नुपर्ने, एउटा सिफ्टको परीक्षा सकिएर पूर्णरूपमा परीक्षार्थी बाहिरिएपछि अर्को सिफ्ट सञ्चालन गर्नुपर्ने, परीक्षा सञ्चालनका क्रममा जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालद्धारा जारी आदेशमा भनिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?