दार्चुला । जयसिंह धामी प्रकरणको सरकारले औपचारिक रुपमा विरोध जनाउनुपर्ने प्रतिनिधि सभा सदस्य गणेशसिंह ठगुन्नाले बताउनुभएको छ ।
केही दिनअघि भारतीय एसएसबीले तुइन चुडाइदिएका कारण महाकाली नदीमा जयसिंह बेपत्ता भएका थिए।
प्रतिनिधि सभाको मंगलबारको बैठक प्रारम्भ हुनासाथ सभामुख अग्निप्रसाद सापकोटासँग समय मागेर ठगुन्नाले सरकारले यस घटनालाई संवेदनशील रुपमा नलिएको बताउनुभएको हो ।
भारतीय राजदूतलाई बोलाएर औपचारिक रुपमा विरोध जनाउँदै उहाँले दोषीउपर कारबाही गर्न पनि पनि सरकारसँग माग गर्नुभएको हो । सरकारले कर्मचारीस्तरबाट छानबिन समिति गठन गरी घटनालाई साम्य पार्ने प्रयास गरेको पनि उहाँले आरोप लगाउनुभयो ।
‘सिमामा यसरी नेपाली नागरिकको खुलेआम हत्या हुँदा पनि वर्तमान सरकार भारतीय राजदूतलाई बोलाएर औपचारिक रुपमा विरोध जनाउँदै दोषीलाई कडा कारबाही गर्ने र मृतक परिवारलाई यथोचित क्षतिपूर्ति दिलाउनुको सट्टा प्रशासनिक कर्मचारीको नेतृत्वमा छानबिन समिति गठनको नाटक गरेर घटनालाई साम्य पार्ने प्रयास गरिरहेको छ। सरकारले यो घटनालाई संवेदनशील लिएको देखिदैँन, उहाँले भन्नुभयो।’
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया