कुलमानलाई नियुक्त गर्न प्रधानमन्त्री देउवाको निर्देशन

दार्चुला । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्ने प्रक्रिया थाल्न निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री देउवाले ऊर्जा मन्त्री पम्फा भुसाललाई बोलाएर प्राधिकरणका प्रमुख हितेन्द्रदेव शाक्यसँग राजीनामा माग्न र कुलमान घिसिङलाई नियुक्त गर्ने प्रक्रिया थाल्न निर्देशन दिनुभएको उहाँको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र ऊर्जा मन्त्री भुसालले अहिलेका प्रमुख हितेन्द्रदेव शाक्यको कामप्रति असन्तुष्टि जनाउँदै कुलमान घिसिङलाई नै ल्याउने तयारी थाल्नुभएको हो।

‘हितेन्द्रदेव शाक्यले दीर्घकालीन र ठूला आयोजनाको काम त गर्न सक्नुभएन नै हटिसकेको लोडशेडिङ फेरि बिउँतिने खालको सङ्केत दिने गरी काम गर्नुभएकाले उहाँलाई हटाउने तयारी थाल्न प्रधानमन्त्रीले निर्देशन दिनुभएको छ’, सचिवालयले भनेको छ ।

आफ्नो चार वर्षे कार्यकाल पूरा गरेर कुलमान घिसिङ गएको वर्षको भदौमा प्राधिकरणबाट बिदा हुनुभएको थियो । उहाँलाई पुनर्नियुक्ति गर्न चौतर्फी दबाब आए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले नमान्दा घिसिङ बिदा हुनुभएको थियो ।

घिसिङले चार वर्ष पदमा रहँदा देशलाई लोडशेडिङमुक्त गराउने, घाटामा गएको प्राधिकरणलाई नाफामा ल्याउने, अलपत्र परेका जलविद्युत् आयोजना सम्पन्न गर्ने, प्रसारण लाइन र सब–स्टेशनको निर्माण र मर्मतमा तीव्रता दिने, विद्युतीकरणमा जोड दिने लगायतका काम गर्नुभएको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?