काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल भएको छ ।
नयाँदिल्लीस्थित एपोलो अस्पतालमा नेता खनालको मिर्गौला प्रत्यारोपण गरिएको हो । बुधबार दिउँसो खनालको प्रत्यारोपण सफल भएको पारिवारिक स्रोतले जनाएको छ ।
खनाल गत असार २ गते अस्पताल भर्ना भएका थिए । खनालको दुवै मिर्गौलामा समस्या थियो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया