पार्टी एकता र सत्ता गठबन्धनलाई सन्तुलन बनाएर लैजाने चुनौति छ: माधव नेपाल

दार्चुला । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एमाले एकताको पक्षमा आफू प्रयासरत रहेको बताउनुभएको छ । बिहीवार आफू पक्षका केन्द्रीय सदस्यहरूको बैठकमा सम्बोधन गर्दै उहाँले पार्टी एकताका लागि वार्ता अघि बढिरहेको बताउनुभएको हो ।

नेता नेपालले केही विषयमा सहमति भएको उल्लेख गर्दै अझै केही विषयमा वार्ता गरिरहेको बताउनुभएको एमाले नेता रघुजी पन्तले जानकारी दिनुभयो । नेता नेपालले सहमतिका लागि वार्तामा अझै पनि सामेल भएको भन्दै एकता आफ्नो इच्छा र चाहना भएको बताउनुभएको नेता पन्तले भन्नुभयो ।

उहाँले भन्नुभयो, ‘एकताको प्रक्रिया र वार्ता अघि बढिरहेको छ । केही सहमति भएका छन् । केही विषयमा अझै वार्ता जारी छ । यो विषयमा स्थायी कमिटीमा हामीले निरन्तर छलफल गरिरहेका छौँ । एकता हाम्रो इच्छा हो । चाहना हो । अहिलेसम्म वार्ताबाट आएका सहमति त छँदैछन्, हामी एकता र सहमतिका लागि अझै वार्तामा सामेल छौँ । प्रयासरत छौँ भनेर भन्नुभयो ।’

बैठकमा नेपाल पक्षको कार्यदल संयोजक भीम रावलले १० बुँदे सहमतिको सम्बन्धमा ब्रिफिङ गर्नुभएको थियो । संस्थापन पक्षले पार्टी सदस्यता नवीकरणका लागि मिति तोकेरै अघि बढेको अवस्थामा कार्यदल संयोजक रावलले नवीकरणको काम पार्टी एकता टुङ्गिएर २०७५ जेठ २ गतेको अवस्थाको बैठक बसेपछि गर्न अनुरोध गरेको र त्यसको सकारात्मक जवाफ आएको रावलले जानकारी दिएको नेता पन्तले बताउनुभयो । उहाँले एकताको पाइला सकारात्मक रूपमा अगाडि बढेको जिकिर पनि गर्नुभयो ।

आजको बैठकमा दश जनाभन्दा धेरै केन्द्रीय सदस्यले आ–आफ्नो धारणा राखेको नेता पन्तले जानकारी दिनुभयो । बैठक भोलि शुक्रवार बिहान साढे ११ बजे फेरि बस्ने उहाँले बताउनुभयो ।

आफू निकट केन्द्रीय सदस्यहरुको बैठकमा नेपालले सरकारमा जाने वा नजाने बारेमा स्पष्ट केही बोलेनन् । नेता नेपालले सत्ता गठबन्धनप्रति आफ्नो उत्तरदायित्व रहेको भन्दै पार्टी एकता र सत्ता गठबन्धनलाई सन्तुलन बनाएर लैजाने चुनौति रहेको बैठकमा बताउनुभएको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?