एमालेले बोलायो स्थायी र केन्द्रीय कमिटी बैठक

दार्चला । नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ। पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार सोमबार बिहान ११ बजेका लागि स्थायी कमिटी बैठक बोलाइएको छ। उक्त बैठकपछि सोमबार नै केन्द्रीय कमिटी बैठक राखिएको उहाँले जानकारी दिनुभयो ।

स्थायी र केन्द्रीय कमिटीको बैठक तुलसीलाल स्मृति भवनमा बस्ने तामाङले बताउनुभयो। एमालेले आइतबारका लागि यी बैठक बोलाए पनि पार्टी एकताका पहलका लागि भन्दै एक दिन बैठक सारिएको छ। एमालेमा लामो समयदेखि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच विभिन्न विषयमा कुरा मिलेको छैन। पछिल्लो समय नेता नेपालसहित एमालेका २२ सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई गत साउन ३ मा विश्वासको मत दिएका थिए।

पार्टी एकताका लागि पहल भइरहेको दुबै पक्षका नेताहरू बताउँछन्। तर दुबै पक्षका स्थायी र केन्द्रीय कमिटी बैठक भिन्नाभिन्नै रूपमा भइरहेका छन्।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?