देउवाले काँग्रेसलाई भीख माग्ने अवस्थामा पुर्‍याए : रामचन्द्र पौडेल

दार्चुला । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई निर्वाचन आयोगसँग भीख माग्ने अवस्थामा पुर्याइएको बताउनुभएको छ । सोमबार विहान सामाजिक सञ्जालमार्फत सभापति शेरबहादुर देउवाले असफलता र लापरबाहीका यस्तो अवस्था आएको उहाँले बताउनुभयो ।

‘पार्टी विधानले चार वर्षको कार्यकाल तोकिएको छ । असाधारण परिस्थिति भनेर एक वर्ष थपियो । देशको संविधानलाई समातेर छ महिना बढाइयो । आज आएर त्यसभित्र पनि महाधिवेशन नगरेर नेपाली कांग्रेसलाई निर्वाचन आयोग संग भीख माग्ने निरीह अवस्थामा पुर्याइएको छ यहाँ भन्दा वर्तमान नेतृत्वको चरम असफलता र लापरबाही अरु के हुन्छ ? उहाँले लेख्नुभएको छ ।

काँग्रेसले आगामी भदौ १६–१९ का लागि तय गरेको १४ औं महाधिवेशन निर्धारित समयमै नहुने अवस्थामा पुगेपछि पौडेल सभापति देउवामाथि खनिएको देखिन्छ । साउन १२ बाट सुरु गर्ने भनेको तल्लो तहको अधिवेशन प्रभावित भएपछि काँग्रेस महाधिवेशन अनिश्चित बनेको छ । अहिलेसम्म नयाँ कार्यतालिका पनि ल्याउन काँग्रेसले सकेको छैन ।

२८ गते बस्ने केन्द्रीय कार्यसमिति बैठकमा नयाँ कार्यतालिका ल्याउने गरी नेताहरुले तयारी गरिरहेका छन् । भदौ २३ उता महाधिवेशन सार्न कानुनी बाध्यता खडा भएकाले निर्वाचन आयोगसँग परामर्श गरी नयाँ कार्यतालिका ल्याउन काँग्रेस नेताहरु जुटेका छन् । तर पौडेलले भदौ २३ भित्र विशेष महाधिवेशन गरेर भएपनि पार्टीको वैधानिकता जोगाउन लाग्नुपर्ने प्रस्ताव गर्नुभएको थियो ।

उहाँको प्रस्ताव सभापति र महामन्त्री शशांक कोइरालाले अस्वीकार गरेपनि आक्रोशित देखिएको बुझिएको छ । पौडेलले संविधानले दिएको ५ वर्ष ६ महिनाको समयभित्र पनि महाधिवेशन सम्पन्न गर्न नसक्नु देशकै विडम्बना भएको बताउनुभयो । पौडेलले देउवा सर्वत्र असफल भएको भन्दै उहाँको सत्तारोहणप्रति पनि असन्तुष्टि पोख्नुभएको छ ।

असार २८ गते सर्वोच्चको परामदेश अनुसार देउवाले असार २९ गतेबाट मुलुकको नेतृत्व सम्हालिरहनुभएको छ । तर अहिलेसम्म मन्त्रीपरिषद र सचिवालयले समेत पुर्णता पाउन सकेको छैन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?