एमालेको स्थायी कमिटी र संसदीय दलको बैठक बस्दै

दार्चुला । नेकपा एमालेको स्थायी कमिटी बैठक बोलाइएको छ । मंगलबार (आज) बिहान ११ बजेका लागि बैठक बोलाइएको हो । सरकारले संसद् अधिवेशन अन्त्य गरे लगत्तै अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी र संसदीय दलको बैठक बोलाउनुभएको हो । स्थायी कमिटीको बैठक सकिएपछि संसदीय दलको बैठक बस्ने बताइएको छ ।

दुवै बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई पनि बोलाइएको छ । संसद् अन्त्य गरिएकाले नियमित बैठक बस्न लागेको बताइएको छ । संसद् अधिवेशन अन्त्य हुँदा र शुरु हुँदा दलको बैठक बस्नु नियमित प्रक्रिया नै भएको भन्दै बैठक बोलाइएको हो । सरकारले संसद् अधिवेशन अन्त्य गरेपछि बोलाइएको यो बैठकलाई महत्वका साथ हेरिएको छ ।

सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने भएको छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र जनता समाजवादी पार्टी नेपाल (जसपा) फुटाउने उद्देश्यले अध्यादेश ल्याउन लागेको चर्चा छ ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?