गाेकुलेश्वरमा नेकपाको पार्टी कार्यालय उद्घाटन, समसामयिक राजनीतिक अन्तरक्रिया

दार्चुला । शैल्यशिखर नगरपालिका सदरमुकाम गोकुलेश्वर बजारमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेताहरुको बैठक बसी समसामयिक राजनीतिक विषयमा छलफल गर्नुका साथै पार्टी कार्यालय उद्घाटन गरिएको छ ।

नेकपाका सुदूरपश्चिम प्रदेश कमिटि सदस्य लाल बहादुर बिश्वकर्मा अभिसेक, नगरपालिका संयोजक बिजयसिह धामी, जिल्ला कमिटि सचिवालय कमिटि सदस्य लक्ष्मीदत्त बिष्ट, मोहन साउँद शिशिर, अनेरास्ववियु केन्द्रिय कमिटि सदस्य भुवन भण्डारी, अशोकसिह धामी लगायत स्थानीय नेता कार्यकर्ताहरुको सहभागितामा पार्टी कार्यालय उद्घाटन र छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिएको अनेरास्ववियुका शैल्यशिखर नगरपालिका इन्चार्ज राजेश सिह बिष्टले जानकारी दिनुभयो ।

शैल्यशिखर नगरपालिकामा भइरहेको ढिलासुस्ती र अनियमितताका बिरुद्ध खबरदारी गर्न नेता लालबहादुर बिश्वकर्मा अभिसेकको नेतृत्वमा २७ सदस्यिय संघर्ष समिति गठन गरिएको छ ।

नगरपालिकाको मुख्य केन्द्रबिन्दु रहेको ग्वानी क्षेत्रसम्म अनेरास्ववियु केन्द्रिय सदस्य भुवन भण्डारीको नेतृत्वमा मोटरसाइकल र्याली गरी नगरपालिकाको गलत गतिविधिका बिरुद्धमा केन्द्रिय, प्रदेश र जिल्ला सचिवालयका नेताहरुले सधै न्यायको पक्षमा बोलिरहने र अनेरास्ववियूलाई सहि बाटोमा मार्ग निर्देशन गरि उहाहरुको कदमको पुर्ण समर्थन गर्ने उदघोष गरेकाे विद्यार्थी नेता बिष्टले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?