माधव नेपालका पूर्व स्वकीय सचिव बाग्मतीको प्रदेश प्रमुख

दार्चुला । सरकारले बाग्मती प्रदेशको प्रदेश प्रमुख परिवर्तन गरेको छ । हालका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंलाई हटाएर यादव शर्मालाई प्रदेश प्रमुख नियुक्तिका लागि सिफारिस गरेको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ ।

प्रदेश प्रमुखमा सिफारिस भएका शर्मा माधव नेपाल निकट हुन् । यादवले लामो समय माधव नेपालको सचिवालयमा काम गरेका छन् । माधव नेपाल प्रधानमन्त्री भएका बेला उनी प्रमुख स्वकीय सचिव थिए । गत असार २८ गते शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्ति भएयता सरकारले चार जना प्रदेश प्रमुख फेरिसकेको छ । लुम्बिनीमा अमिक शेरचन, गण्डकीमा पृथ्वीमान सिंह गुरुङ, प्रदेश २ मा हरिशंकर मिश्र नियुक्त भइसकेका छन् ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?