सरकारले प्रतिपक्षी पार्टी फुटाउने अनैतिक काम गरेको छ : ओली

काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले फुटाउनकै लागि सरकारले अध्यादेश ल्याएको बताउनुभएको छ । स्थायी कमिटीको बैठकको भोलिपल्ट आज विशेष पत्रकार सम्मेलनमा उहाँले संविधानको मर्म र राष्ट्रिय आवश्यकता नभइ एमाले विभाजनको उद्देश्य राखेर अध्यादेश ल्याइएको बताउनुभयो ।

‘सरकारले राजनीतिक पार्टीभित्र बदनियतका साथ प्रतिपक्षी पार्टी फुटाउने काम गरेको छ । यो अनैतिक कार्य हो’, ओलीले भन्नुभयो । अध्यादेशप्रति ओलीले व्यंग्य पनि गर्नुभयो ।

‘माधव नेपाललाई जति चाहिन्छ त्यति संख्या भए पुग्ने भनेर लेखेको भए हुन्थ्यो, त्यसमा किन अल्मलिनुभयो थाहा छैन,’ ओलीले भन्नुभयो ‘माधव नेपालले पार्टी फुटाएपछि स्वतः निस्क्रिय हुन्छ भन्ने पनि छुट्यो ।’

संसदले काम नगरेको भन्दै उहाँले आलोचना पनि गर्नुभयो । पुस ५ मा आफ्नो नेतृत्वको सरकार संसद विघटन गर्दा संसदलाई काम गर्न दिएन भनेर आरोप लगाउनेले संसदबाट के गरे भनेर उहाँले प्रश्न गर्नुभयो । उहाँले जनादेशबाट नभइ परमादेशबाट सरकार बनाउने , शक्ति सन्तुलनको सिद्धान्त खल्बल्याउने र नागरिकले मूल्यांकन गर्न नपाउने अवस्था बन्दै गएको आरोप पनि लगाउनुभयो ।

पत्रकार सम्मेलनमा ओलीले माधवकुमार नेपाल समूहले नेताहरुलाई बलजफ्ती रिसोर्टमा लगेर राखेको भन्दै यसलाई ‘अपहरणकारी ज्यादतीपूर्ण’ कामको संज्ञा दिनुभयो । ‘बैठक कि सांसदको हुन्छ, कि स्थायी कमिटीको हुन्छ । सधारण सदस्यदेखि आफूलाई अध्यक्ष भनेको मान्छे समेत भएको कस्तो बैठक हो रु’ भन्ने प्रश्न गर्दै उहाँले नेताहरुलाई घेराबन्दी गरेर घर–घरबाट लगेर राखेको दाबी पनि गर्नुभयो ।

यस्तै ओलीले अनुकूल समयमा पार्टीमा जिम्मेवारी हस्तान्तरण गर्ने पनि बताउनुभएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?