सुदूरपश्चिमबाट ५ केन्द्रीय सदस्य र ६ सांसद एकीकृत समाजवादीमा खुले (नामसहित)

दार्चुला । सुदूरपश्चिम प्रदेशबाट एमालेका पाँच केन्द्रीय सदस्य र छ जना सांसद प्रस्तावित नेकपा एकीकृत समावादीमा खुलेका छन्। एमालेमा केन्द्रीय सदस्य रहेका कैलालीकी मदनकुमारी शाह ‘गरिमा’, कञ्चनपुरका रामकुमार ज्ञवाली, डडेल्धुराकी निरादेवी जैरु र विक्रम शाही र डोटीका प्रेमबहादुर आलेले एकिकृत समाजवादीको पक्षमा सनाखतमा गरेका हुन्।

यसअघि माधव पक्षमै रहेका केन्द्रीय सदस्य भीम रावल, झपट रावल र प्रकाश शाहले माधव नेपालको साथ छाडेका छन्। यस्तै सुदूरपश्चिम प्रदेशबाट संघीय सांसदमा प्रतिनिधित्व गर्ने एमालेका ११ प्रत्यक्ष र समानुपातिकका ५ सांसद गरी १६ सांसद छन्। चार जना राष्ट्रियसभामा छन्। उनीहरुमध्ये एकीकृत समाजवादीमा ६ जना सांसद लागेका छन्। निरा देवी जैरु, प्रेम बहादुर आले, लक्ष्मी चौधरी, विना बुढाथोकी र शेरबहादुर कुँवरले नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका हुन्।

नेकपा एकीकृत समाजवादीमा रहेर पनि पहिलोपटक दल दर्ताको बेला हस्ताक्षर नभएकाले शारदा भट्टको सनाखत हुन सकेको छैन। यसअघि नेपाल पक्षमा रहेका अछामका भीम रावल, कैलालीका झपट रावल र कञ्चनपुरका दीपकप्रकाश भट्टले नयाँ पार्टीको साथ दिएनन्। यता प्रदेशका अधिकांश सांसद भने अझै अलमलमा छन्। ५२ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा सभामुखसहित एमालेका २५ जना सासंद छन्। पार्टी विभाजन हुनुअघि केपी शर्मा ओलीलाई साथ दिने सांसदको संख्या सात मात्रै थियो। सभामुखसहित १८ जना माधवकुमार नेपाल पक्षका थिए। १७ जना नेपाल समूहका सांसदले त पार्टीको निर्णयविपरीत माओवादी नेतृत्वको प्रदेश सरकारलाई विश्वासको मत पनि दिएका थिए।

ओली पक्षको स्थायी कमिटी र प्रदेश कमिटीले गरेको निर्णयलाई १७ जना सांसदले पटकपटक चुनौती दिएका थिए। वरिष्ठ नेता माधवकुमार नेपालले एमालेबाट विभाजन भएर नयाँ पार्टी गठनको प्रक्रिया थालेपछि विगतमा नेपाललाई साथ दिएका १७ सांसदले के गर्छन ? भन्ने जिज्ञासा बढेको छ। एमाले सुदूरपश्चिममा सबैभन्दा बढी प्रभाव राख्ने नेता भीम रावलले नेपालको साथ छाडेपछि प्रदेशको अंकगणित फेरबदल हुने देखिएको छ। यता माधव समूहमा रहेका प्रदेश सांसदले भने १७ जना सासंद एकै ठाउँमा रहेको बताएका छन्।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?