काग्रेशको लेकम गाउँपालिका सभापतीमा सात जना दाबेदार

दार्चुला । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत लेकम गाउँपालिका सभापतीका लागि आधादर्जन बढी नेता, कार्यकर्ताहरुले दाबी गरेका छन् । अहिलेसम्म गाउँ सभापतीका लागि सात जनाले उम्मेदवारी दिने बताएका छन । यद्धपी औपचारीक घोषणा भने कसैले गरेका छैनन् ।

लेकम गाउँपालिका सभापतीका लागि वडा नम्बर ६ का वडाअध्यक्ष समेत रहेका कमलापती मिश्र, नेबि संघ दार्चुलाका सचिव हरि जोशी, गाउँ सभापती तुला गिरी, वडा नम्बर ३ का मोहनदेब जोशी, वडा नम्बर ५ का भुवन जोशी, वडा नम्बर २ का तारा जोशी, वडा नम्बर ४ का गोबिन्द धामी लगायतले गाउँ समिति सभापतीका लागि उम्मेदवारी दिने बताएका छन् । सभापतीको दाबी पेस गर्नेमा अधिकासं युवा नेताहरु रहेका छन् ।

सबैले प्रथम गाउँअधिवेसनबाट काग्रेशलाई बलियो बनाउन आफुहरुको उम्मेदवारी हुने दाबी गरेका छन् । काग्रेशको संशोधित अधिवेसन तालिका अनुसार असोज ९ गते गाउँ नगर अधिवेसन गर्ने तयारी भएपनि अहिलेसम्म उम्मेदवारहरुले औपचारीक घोषणा गरेको देखिदैन । यद्धपी आन्तरिक रुपमा सबैले लबिङ गरिरहेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?