नाराबाजीकै बीच बजेटसम्बन्धी २ विधेयक पारित

दार्चुला । प्रतिनिधिसभाबाट आर्थिक र राष्ट्र ऋण उठाउने विधेयक पारित प्रतिनिधिसभाबाट आर्थिक र राष्ट्रिय ऋण उठाउने विधेयक पारित भएको छ । बिहीबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को अवरोधकाबीच ‘आर्थिक विधेयक, २०७८’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७८’ पारित भएको हो ।

बैठको सुरुवातमै एमालेको सांसदहरूले उठेर वेल घेर्दै नाराबाजी गरेको थिए । केही समय बस्नका लागि आग्रह गर्नुभएका सभामुख अग्निप्रसाद सापकोटाले एमाले सांसदले नटेरेपछि बैठकको कारबाही अगाडि बढाउनुभएको थियो । दुवै विधेयकमाथि सांसद प्रेम सुवालले संशोधन प्रस्ताव राखेपछि बहुमतले अस्वीकृत भएको थियो । पारित भएका दुवै विधेयकलार्ई अब राष्ट्रियसभामा पठाइनेछ ।

यसअघि राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक, २०७८’ बुहमतले पारित भएको थियो । प्रतिनिधिसभाको बिहीबारको बैठकमा त्यसको विषयमा पनि जानकारी गराइएको थियो । प्रतिनिधिसभाको अर्को बैठक २०७८ असोज ११ गते सोमबार दिउँसो २ बजे बस्नेछ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?