एकीकृत समाजवादीमा ३०१ केन्द्रीय सदस्य, पदाधिकारी नै १८ जना (सूचीसहित)

दार्चुला । नेकपा एकीकृत समाजवादीको पहिलो केन्द्रीय कमिटी बैठक ३०१ सदस्यीय केन्द्रीय कमिटीसहितको सांगठनिक संरचना निर्माण गर्दै सम्पन्न भएको छ । पार्टी अध्यक्ष माधव नेपालको अध्यक्षतामा बसेर आज सम्पन्न भएको नेकपा एसको केन्द्रीय कमिटी बैठकले अध्यक्षसहित १८ जनाको पदाधिकारी बनाएको छ ।

जसमा अध्यक्ष, वरिष्ठ नेता, नेता एकरएक जना, उपाध्यक्ष नै सात जना राखिएको छ । महासचिव एक, उपमहासचिव तीन तथा सचिव चार जना रहेका छन् । आगामी तीन महिनाको कार्ययोजनासमेत तय गरेको बैठकले केन्द्रीय कमिटीबाहेक तल्ला कमिटीहरूमा दुई उपाध्यक्ष मात्रै राख्ने भएको छ । पूर्ण र वैकल्पिकसहित ३०१ सदस्यीय केन्द्रीय सदस्य रहँदा पोलिटब्यूरो ७१ र स्थायी समिति ३५ सदस्यीय हुनेछ ।

७०१ सदस्यीय केन्द्रीय परिषद, १५१/१५१ सदस्यीय सल्लाहकार समिति र ज्येष्ठ नागरिक मञ्च रहनेछ । विभागहरू २५ सदस्यीय हुने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । पार्टीले हरेक कमिटीमा महिला र युवाको संख्या एक तिहाई पुर्‍याइने पनि उल्लेख छ । दक्षिणपन्थी अवसरवाद र विसर्जनवादको भण्डाफोर गर्न नेता कार्यकर्तालाई निर्देशन दिँदै बैठकले वडा तहसम्म संगठन विस्तार गर्ने योजना पनि बनाएको छ ।

यस्तो बन्यो एकीकृत समाजवादीको पदाधिकारी टिम
नेकपा एकीकृत समाजवादी पार्टीले १८ सदस्यीय पदाधिकारी बनाएको छ । बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले महासचिवसँगै ७ उपाध्यक्ष, तीन उमहासचिव र चार सचिवको टुंगो लगाएको हो । सात उपाध्यक्षमा राजेन्द्र श्रेष्ठ, प्रमेश हमाल, घनेन्द्र बस्नेत, केदार न्यौपाने, केशवलाल श्रेष्ठ, धर्मनाथ साह र जयन्ती राई छन् । वेदुराम भुसाल महासचिव बन्दा प्रकाश ज्वाला, गंगलाल तुलाधर र विजय पौडेल उपमहासचिव भएका छन् । यस्तै नागेन्द्र चौधरी, जगन्नाथ खतिवडा, राजेन्द्र राई र रामकुमारी झाँक्री सचिव तोकिएका छन् ।

सचिवालयले उपाध्यक्षमा चार जना प्रस्ताव गरिएको थियो, जसमा राजेन्द्र, प्रमेश, धर्मनाथ र जयन्ती मात्र थिए । अहिले उपाध्यक्ष बनाइएका केशवलाललाई सचिवमा राखिएको थियो भने राजेन्द्र राईलाई पदाधिकारीमा राखिएको थिएन । तर राईलाई छुटाएकोमा असन्तुष्टि देखिएपछि केशवलाललाई उपाध्यक्षमा लगियो र उनलाई सचिव बनाउने सहमति भयो । त्यसमा पनि नेताहरुले असन्तुष्टि जनाएपछि घनेन्द्र र मुकुन्द न्यौपानेलाई पनि उपाध्यक्ष बनाउने प्रस्ताव आयो । तर मुकुन्द उपाध्यक्ष बस्न चाहेनन् । त्यसपछि केदार न्यौपानेलाई उपाध्यक्ष बनाइएको छ । मुकुन्दलाई भने वरीयता क्रममा तेस्रो नम्बरमा रहनेछन् । अध्यक्ष नेपालपछि वरिष्ठ नेता झलनाथ खनाल र त्यसपछि न्यौपानेलाई राखिएको छ ।

३५ सदस्यीय स्थायी कमिटी, ७१ सदस्यीय पोलिटब्यूरो र वैकल्पिकसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी गठन गर्ने निर्णय गरेको छ । बैठकले प्रदेश तथा जिल्ला इन्चार्ज तोकेको छ भने केन्द्र बाहेक सबै कमिटीमा दुई उपाध्यक्ष रहने व्यवस्था गरिएको सचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?