दार्चुला । नेपाली कांग्रेश लेकम गाउँपालिका गाउँकार्यसमिति सभापतीमा कमलापती मिश्र निर्वाचित हुनुभएको छ । वडा नम्बर ३ का मोहनदेब जोशीलाई पराजित गर्दै वडा नम्बर ६ का वडाअध्यक्ष समेत रहनुभएका मिश्र गाउँसमिति सभापतीमा निर्वाचित हुनुभएको हो ।
१०२ मतदाता रहेकोमा ७७ मत खसेको थियो । ७७ मध्ये सभापतीमा निर्वाचित मिश्रले ४५ मत र प्रतिद्धन्दी जोशीले ३२ मत प्राप्त गरेको नवनिर्वाचित गाउँसमिति सचिव शिवराज जोशीले बताउनुभयो । यस्तै उपसभापतीमा दौलतसिह साउँद र रघुनाथ जोशी, सचिव शिवराज जोशी र तुलसी पन्त, सहसचिवमा बिरेन्द्र कार्की र भागरथी भण्डारी चयन भएका छन् । सभापतीका लागि निर्वाचन भएपनि अरु पदाधिकारी सहमतिमै चयन भएका हुन् ।
निवर्तमान सभापती तुला गिरीको अध्यक्षतामा उद्घाटन भएको गाउँ अधिवेसनमा लेकम गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष महेन्द्रराज जोशीको प्रमुख आतिथ्यता रहेको थियो । दार्चुलामा चार स्थानीय तहमा भने सहमतिमै नेतृत्व चयन भएको छ ।
कांग्रेश दार्चुलाका अनुसार नौगाड गाउँकार्यसमिति सभापतीमा प्रेमसिह धामी, मालिकार्जुन गाउँपालिका सभापतीमा किसन सामन्त, अपिहिमाल गाउँपालिका सभापतीमा शोभानसिह लोथ्याल र मार्मा गाउँपालिका सभापतीमा धनन्जय जोशी सर्वसहमतीमै सभापती चयन हुनुभएको छ ।
दुई नगरपालिकासहित पाँच वटा स्थानीय तहमा नेतृत्वका लागि अहिलेसम्म सहमति जुट्न नसकेको बताइएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया