कांग्रेशको महाकाली नगरसभापतिमा चन्द्रसिंह बिष्ट निर्वाचित

दार्चुला । दार्चुला जिल्ला सदरमुकाम खलंगास्थित महाकाली नगरपालिकाको कांग्रेश नगर कार्यसमिति सभापतिमा चन्द्रसिह बिष्ट चयन हुनुभएको छ । तारादत्त जोशीलाई पराजित गर्दै बिष्ट नगर सभापतिमा निर्वाचित हुनुभएको हो । बिष्टले ९२ मत ल्याएर बिजयी हुँदा जोशीले ५१ मत प्राप्त गर्नुभएको थियो ।

यस्तै उपसभापतिमा ९९ मत ल्याएर हंशादेबी अवस्थी र ९७ मतसहित करनसिह कार्की निर्वाचित हुनुभएको छ । सचिवमा १०८ मत ल्याएर हरिशसिंह महर र ९१ मत ल्याएर दिनेशराज जोशी निर्वाचित हुनुभएको छ । सहमति जुट्न नसकेपछि महाकाली नगरपालिकामा निर्वाचनमार्फत कार्यसमिति चयन गरिएको कांग्रेश दार्चुलाका सचिव हरक बिष्टले जानकारी दिनुभयो ।

नेपाली कांग्रेशको १४ औँ महाधिवेसन अन्तरगत दार्चुलाका सबै स्थानीय तहमा नेतृत्व चयन गर्दै पालिका अधिवेसन सम्पन्न भएको छ । महाकाली नगरपालिका, दुहुँ गाउँपालिका, व्यास गाउँपालिका र लेकम गाउँपालिकामा निर्वाचनमार्फत पालिका सभापति चयन गरिएको छ । भने शैल्यशिखर नगरपालिका, नौगाड, मार्मा, मालिकार्जुन र अपिहिमाल गाउँपालिकामा सहमतिमै नेतृत्व चयन भएको कांग्रेश दार्चुलाले जनाएको छ ।

जिल्ला सदरमुकाम खलंगास्थित महाकाली नगरपालिकाको नगर कार्यसमिति सभापतिमा चन्द्रसिह बिष्ट चयन हुनुभएको छ । दुहुँ गाउँपालिकामा नरेन्द्र कुवँर र व्यास गाउँपालिकामा नरेन्द्र भट्ट गाउँकार्यसमिति सभापति चयन हुनुभएको नेबि संघ दार्चुलाका प्रवक्ता दिपक खातीले जानकारी दिनुभयो । यस्तै शैल्यशिखर नगरपालिकामा कांग्रेशको नगर सभापतिमा मोहनसिंह साउद चयन हुनुभएको छ । शनिबार उद्घाटन भएको अधिवेसन अन्तरगत दुई दिन लामो प्रयासपछि साउदलाई सभापती चयन गर्न सहमती जुटेको नेपाली कांग्रेशका क्षेत्रीय प्रतिनिधि कृष्णसिह रावलले जानकारी दिनुभयो । आइतबार विहान १० बजेपछि निर्वाचनमार्फत नेतृत्व चयन गर्ने तयारी भएपनि नेताहरुले सहमतीमै जोड दिएपछि निर्वाचन नभएको बताइएको छ ।

दार्चुलाको नौँ वटै स्थानीय तहमा शनिबार नै अधिवेसन उद्घाटन भएको थियो । कांग्रेश दार्चुलाका अनुसार नौगाड गाउँकार्यसमिति सभापतिमा प्रेमसिह धामी, मालिकार्जुन गाउँपालिका सभापतिमा किसन सामन्त, अपिहिमाल गाउँपालिका सभापतिमा शोभानसिह लोथ्याल र मार्मा गाउँपालिका सभापतिमा धनन्जय जोशी सर्वसहमतीमै चयन हुनुभएको छ ।

लेकम गाउँपालिकामा निर्वाचनमार्फत मोहनदेब जोशीलाई पराजित गर्दै वडा नम्बर ६ का वडाअध्यक्ष समेत रहनुभएका कमलापती मिश्र सभापती चयन हुनुभएको छ । लेकमको उपसभापतीमा दौलतसिह साउँद र रघुनाथ जोशी, सचिव शिवराज जोशी र तुलसी पन्त, सहसचिवमा बिरेन्द्र कार्की र भागरथी भण्डारी चयन भएका छन् । सभापतीका लागि निर्वाचन भएपनि अरु पदाधिकारी सहमतिमै चयन भएका हुन् । कांग्रेश दार्चुलाको पालिका अधिवेसनसम्बन्धि विस्तृत जानकारी पाउन लोकदर्पण टिभी डटकम अनलाइनका थप समाचारहरु पढ्न सक्नुहुनेछ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?