कांग्रेशको शैल्यशिखर-५ को वडासमिति र क्षेत्रीय प्रतिनिधिले सामुहिक राजीनामा दिने निर्णय

दार्चुला । नेपाली कांग्रेश शैल्यशिखर नगरपालिका वडा नम्बर ५ को वडा कार्य समिति र क्षेत्रीय प्रतिनिधिहरुले सामुहिक राजीनामा दिने निर्णय गरेका छन् । असोज १० गतेका दिन शैल्यशिखर नगरपालिकाको प्रथम नगरअधिवेसनबाट सभापती चयन प्रक्रियामा पूर्ण रुपमा असहमत हुँदै वडा नम्बर ५ को वडा कार्य समिति र क्षेत्रीय प्रतिनिधिहरुले सामुहिक राजीनामा दिने निर्णय गरेको प्रेश विज्ञप्तीमार्फत जानकारी गराइएको छ । कांग्रेश शैल्यशिखरको नगरसभापतीमा मोहनसिह साउद चयन हुनुभएको छ । 

शैल्यशिखर नगरपालिका वडा नम्बर ५ का कांग्रेश वडा सभापती मदनसिंह डागा, नगरपालिका सभापतीका उम्मेदवार लक्ष्मणसिंह डागा र वडा अध्यक्ष मदनसिह रावलद्धारा हस्ताक्षरीत विज्ञप्तीमा नगर सभापती चयन प्रक्रियामा पूर्ण असहमत हुँदै राजीनामा दिने निर्णय गरिएको उल्लेख छ । साथै शैल्यशिखर नगरपालिका वडा नम्बर ५ का कांग्रेश वडा सभापती मदनसिंह डागाको अध्यक्षमा बैठक बसी ४५ जनाको उपस्थितिमा बैठक बसी वडा नम्बर ५ को वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधिले संयुक्त रुपमा राजीनामा दिने निर्णय गरिएको छ ।

हेर्नुहोस प्रेश विज्ञप्ती र निर्णयहरु

No description available.

No description available.

No description available.

No description available.

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?