कञ्चनपुरमा तीन सय जना काँग्रेस प्रवेश, नेता लेखकले गरे स्वागत

दार्चुला । नेकपा एमाले, माओवादी र राप्रपा परित्याग गरि तीन सय जना नेपाली काँग्रेसमा प्रबेश गरेका छन्। काँग्रेस दोधारा चादँनी नगर समितिद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले​ नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गर्नुभयो । कञ्चनपुर निर्वाचन क्षेत्र ३ बाट काँग्रेस प्रवेश गरेका ३०० जना नेता तथा कार्यकर्तालाई नेता लेखकले साधारण सदस्यता समेत प्रदान गर्नुभयो ।

पार्टी प्रवेश कार्यक्रममा नेता लेखकले नव प्रवेशीहरुलाई सम्मानजनक हिसाबले क्षमता अनुसार जिम्मेवारी दिने बताउनुभयो । नेता लेखकले स्थिरता र विकासका लागि काँग्रेसको आवश्यकता भएकाले काँग्रेसले लोकतान्त्रिक व्यवस्था जोगाउन सरकारको नेतृत्व गरेको बताउनुभयो । आगामी निर्वाचनमा काँग्रेसले बहुमतको सरकार बनाउने उहाँको दाबी छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?