अखिल क्रान्तिकारीमा विवाद, नाराबाजी र कुर्सी हानाहान

दार्चुला । नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीको जारी २२ औँ राष्ट्रिय सम्मेलनमा सदस्यताका विषयमा भएको विवाद झडपमा परिणत भएको छ । विधानविपरीत सदस्य संख्या थप्न खोजेको भन्दै नाराबाजी र कुर्सी हानाहान समेत भएको छ ।

सोमबार बबरमहलस्थित कार्की पार्टी प्यालेसमा पदाधिकारी र केन्द्रीय कमिटीको नाम घोषणा गर्ने तयारी भएपनि विधानविपरीत सदस्य संख्या थप्न खोजिएको तथा किस्ताबन्दीमा पदाधिकारी चयन गर्न खोजेको भन्दै प्रतिनिधिले नाराबाजी र कुर्सी हानाहान गरेका हुन् । विरोध र नाराबाजीपछि अध्यक्षबाहेक केन्द्रीय कमिटी घोषणा हुन सकेन ।

अध्यक्षमा पञ्चा सिंहको नाम यसअघि नै घोषणा भैसकेको छ । फ्याक्सन इन्चार्ज हितमान शाक्यले अध्यक्षको घोषणा गरेपछि अन्य पदाधिकारीमा सहमति जुटाएर घोषणा गर्ने बताएपछि विवाद बढेको हो । विद्यार्थीहरुले सबै पदाधिकारी एकैपटक घोषणा गर्नुपर्ने भन्दै नाराबाजी र कुर्सी फालाफाल गरेको अखिल क्रान्तिकारीका विघटित केन्द्रीय कमिटीका केन्द्रीय सचिव क्षितिज सापकोटाले जानकारी दिनुभयो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको छलफलमा क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंहलाई बनाउने निर्णय भएको थियो । महासचिवमा दीपेश पुनको नाम घोषणा गर्ने तयारी भएपनि प्रतिनिधिहरुले विरोध जनाएका थिए ।

अखिल क्रान्तिकारीको विधानमा २५ पदाधिकारीसहित १९९ सदस्यीय केन्द्रीय कमिटी रहने व्यवस्था गरेको विद्यार्थी नेताहरुले बताएका छन् । क्रान्तिकारीको २२ औँ राष्ट्रिय सम्मेलन १४ असोजबाट सुरु भएको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?