दार्चुला । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष बिरसिह बडाल पुनः दार्चुला जिल्ला समितिको अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको छ । राप्रपा दार्चुलाको सोमबार खलंगामा सम्पन्न भएको जिल्ला अधिवेशनबाट बडाल सर्वसम्मत अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
जिल्ला अधिवेशनले बरिष्ट नेतामा चन्द्रबल्लभ जोशी, प्रथम उपाध्यक्ष इन्द्रा बोहरा, उपाध्यक्ष गणेश सामन्त, उपाध्यक्ष सुराज ऐतवाल, सचिव अमर पुरुष, सहसचिव जमनसिह थापा र कोषाध्यक्षमा मदनसिह धामी चयन गरेको राप्रपा दार्चुलाले जनाएको छ । कार्यसमिति सदस्यहरुमा मिनबहादुर पाल, नारायण दत्त भट्ट, लोकेन्द्र बडाल, धनसिह धामी, बिस्ने बोहरा, भानबहादुर चन्द, धनसिह धामी, कल्यानसिह कार्की, रामसिह कार्की र मोहनसिह धामी चयन हुनुभएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया