दार्चुला । लेकम गाउँपालिकामा नेकपा माओबादी केन्द्रले सबै वडामा कार्यक्रता भेटघाट, नयाँ सदस्यता वितरण र सदस्यता नविकरण लगायतका गतिविधिहरु गरिरहेको छ । माओबादी केन्द्रका लेकम गाउँपालिका इन्चार्ज रामदत्त जोशीको नेतृत्वमा प्रतेक वडामा कार्यक्रता भेटघाट, संगठन विस्तार र सदस्यता दर्ता एबं नविकरणको काम भइरहेको हो ।
पार्टी कार्यक्रमको क्रममा नेपाली कांग्रेश र नेकपा एमाले परित्याग गरी १० जना कार्यक्रता नेकपा माओबादी केन्द्रमा प्रवेश गरेको नेकपा माओबादी केन्द्रका लेकम गाउँपालिका इन्चार्ज रामदत्त जोशी (आरडी) ले जानकारी दिनुभयो । लेकमको वडा नम्बर ४ बाट नेपाली कांग्रेशका वडा कार्य समिति सचिव बल्देब जोशीको नेतृत्वमा हरीभक्त पन्त लगायत ५ जना र नेकपा एमालेको तर्फबाट हिराबल्लब जोशी, देबराज ओझा, परमानन्द ओझा लगायत ५ जना गरेर १० जनाले पार्टी प्रवेश गरेको नेता जोशीले बताउनुभयो ।
विहिबार वडा नम्बर ६ मा माओबादीले कार्यक्रता भेटघाट कार्यक्रम सम्पन्न गरेको जनाएको छ । गत स्थानीय तहको निर्वाचनको नतिजा अनुसार लेकम गाउँपालिकामा एमाले, कांग्रेशपछि माओबादी केन्द्र तेस्रो राजनीतिक शक्तिका रुपमा रहेको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया