दार्चुला । नेपाली कांग्रेस बझाङको सभापतिमा खडक बोहरा निर्वाचित हुनुभएको छ । उहाँ अर्का उमेद्वार रमेशबहादुर भण्डारीलाई पराजित गर्दै सभापतिमा निर्वाचित हुनुभएको हो । सभापतिमा निर्वाचित बोहराले ८ सय ७७ प्राप्त गरे भने उहाँका निकटतम प्रतिद्वन्द्वी भण्डारीले ५ सय ८ मत पाए।
१ हजार ५ सय ९८ मतदाता रहेकोमा १ हजार ४ सय ५ मत खसेको थियो। बोहरालाई पूर्वराज्यमन्त्री अर्जुनजंगबहादुर सिंहसँगै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरूको पनि साथ थियो। पूर्वराज्यमन्त्री नरेशबहादुर सिंह र पूर्वजिल्ला सभापति पृथ्वीबहादुर सिंहले भण्डारीलाई समर्थन गरेका थिए। पार्टी सभापती एबं प्रधानमन्त्री शेरबहादुर देउवाको गृह प्रदेशका विभिन्न जिल्लामा बरिष्ट नेता पौडेल पक्षका नेताहरु बिजयी भएका छन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया