माधव नेपालले आफ्नो पार्टीका मन्त्रीलाई बोलाए

दार्चुला । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्ना पार्टीबाट मन्त्री बनेकाहरुलाई बोलाउनुभएको छ । अध्यक्ष नेपालले आइतबार विहान ११ बजे बानेश्वरको आलोक नगरस्थित पार्टी कार्यालयम बोलाएको स्वास्थ्यमन्त्री विरोध खतिवडाले जानकारी दिनुभयो ।

जनपक्षीय काम गर्न निर्देशन दिनका लागि अध्यक्ष नेपालले बोलाएको उहाँको भनाइ छ । शनिबार अध्यक्ष नेपालले पार्टीबाट मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्रीलाई पनि राम्रो काम गरेर देखाउन निर्देशन दिनुभएको थियो । त्यसमा थप निर्देशन दिन आफ्नो पार्टीबाट मन्त्री भएकालाई आइतबार बोलाएको उहाँले बताउनुभयो । वर्तमान सरकारमा एकीकृत समाजवादीबाट ४ मन्त्री र एक राज्यमन्त्री सहभागी छन् ।

स्वास्थ्यमन्त्रीमा विरोध खतिवडा, सहरी विकासमा रामकुमारी झाँक्री, पर्यटनमा प्रेम आले र श्रममन्त्रीमा किसान श्रेष्ठले जिम्मेवारी पाएका छन् । यस्तै स्वास्थ्य राज्यमन्त्रीमा भवानीप्रसाद खापुङ नियुक्त भएका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?