उद्योग मन्त्री गजेन्द्र हमालद्वारा राजीनामाको घोषणा

दार्चुला । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमालले राजीनामाको घोषणा गर्नुभएको छ। एक कार्यक्रममा उहाँले भन्नुभयो, ‘मैंले राजीनामाको घोषणा गरें,’ मन्त्री हमालले भने, ‘प्रधानमन्त्रीज्यूसँग भेटेर राजीनामा बुझाउँदैछु ।’ उहाँले आफू पदका लागि राजनीति नगरेको बताउनुभयो । लामो समय नेपाली काँग्रेसमा रहेर राजनीति गरेको उल्लेख गर्दै भन्नुभयो, ‘मैंले पदका लागि राजनीति गरिनँ र गर्ने पनि छैन ।’ आफू लो प्रोफाइलमा बसेर मोफसलमै सक्रिय रहेको स्पष्ट पारे ।

मन्त्री हमालले आफ्नो नियुक्तिमा प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराको कुनै भूमिका नरहेको बताउनुभयो । नियुक्तिमा प्रधानन्यायाधीशलाई मुछ्नुले आफू आश्चर्यचकित भएको बताउनुभयो । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो लामो राजनीतिक सक्रियतालाई दृष्टिगत गरी नियुक्त गरेको ठानेको र आफूलाई त्यसबारे थाहा पनि नभएको बताउनुभयो । प्रधानन्यायाधीश जबराका नातेदार हमाललाई उहाँकै चाहना बमोजिम नियुक्ति दिएको भन्दै विभिन्न क्षेत्रबाट आलोचना भएपछि हमालले राजीनामाको घोषणा गर्नुभएको हो ।

२२ असोजमा मन्त्री नियुक्त भएका हमालले तीन दिनमै राजीनामा घोषणा गर्नुलाई अर्थपूर्ण मानिएको छ । प्रधानमन्त्री देउवाले झण्डै तीन महिना लगाएर मन्त्रिपरिषदलाई पूर्णता दिदा हमालले महत्वपूर्ण मन्त्रालयको जम्मेवारी पाउनुभएको थियो । हमाल देउवा सरकारमा राजीनामा घोषणा गर्ने पहिलो मन्त्री बन्नुभएको छ ।

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?