दार्चुला । पूर्व मन्त्री एबं नेकपा एमालेका नेता, प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्ना विभिन्न राजनीतिक कार्यक्रमहरुमा सहभागि हुन गृह जिल्ला दार्चुला प्रस्थान गर्नुभएको छ । नेकपा एमाले दार्चुलाको सचिवालय बैठक र विभिन्न कार्यक्रममा सहभागि हुनका लागि नेता ठगुन्ना शनिबार (आज) काठमाण्डौबाट दार्चुला प्रस्थान गर्नुभएको हो ।
नेता ठगुन्ना कार्तिक १ गते दार्चुलाको प्रवेशद्धारा शैल्यशिखर नगरपालिका ९ गोकुलेश्वर पुग्ने र १ गतेदेखि नै कार्यकर्ता भेटघाट गर्ने कार्यक्रम रहेको उहाँको सचिवालयले जनाएको छ । कार्तिक २ गते जिल्ला कमिटी सचिवालय बैठकमा सहभागिता जनाउने कार्यक्रम रहेको बताइएको छ । पूर्व संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री समेत रहनुभएका नेता ठगुन्ना कार्तिक महिनाको पहिलो हप्ता नेकपा एमालेका विभिन्न कमिटीहरुद्धारा आयोजित कार्यक्रममा सहभागि हुने कार्यक्रम रहेको नेकपा एमाले दार्चुलाले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया