दार्चुलाका प्रभावशाली नेताद्धय बडू र ठगुन्ना गृह जिल्ला आइपुग्दै, सदरमुकाममा चहलपहल बढ्दै

दार्चुला । दार्चुला घर भएका प्रभावशाली नेताद्धय दिलेन्द्र प्रसाद बडू र गणेशसिंह ठगुन्ना कार्तिक पहिलो साता गृहजिल्ला दार्चुला आउदैछन । पार्टी कार्यकर्ता भेटघाट र विभिन्न राजनीतिक कार्यक्रममा सहभागिता जनाउन दुबै जना नेता दार्चुला आउन लागेका हुन् । एमाले नेता ठगुन्ना सोमबार दार्चुला आइपुग्दै हुनुहुन्छ भने कांग्रेश नेता बडू मंगलबार दार्चुला आइपुग्दै हुनुहुन्छ ।

नेपाल सरकारका कानून, न्याय तथा संसदिय मामिला मन्त्री समेत रहनुभएका कांग्रेश नेता दिलेन्द्रप्रसाद बडू मन्त्रीको कार्यभार सम्हालेपछि कार्यकर्ता भेटघाटका लागि पहिलो पटक गृह जिल्ला दार्चुला आउँदै हुनुहुन्छ । मन्त्री बडू कात्तिक २ गते शैल्यशिखर नगरपालिका ९ गोकुलेश्वर पुग्ने र ४ गते दार्चुलाबाट फर्किने कार्यतालिका रहेको उहाँको सचिवालयले जनाएको छ । जिल्लामा रहदा मन्त्री बडूले कांग्रेस कार्यकर्ताहरुसंग भेटघाट गर्ने, कार्यालय प्रमुखहरुसंग छलफल गर्ने लगायत कार्यक्रम रहेको बताइएको छ ।

पूर्व मन्त्री एबं नेकपा एमालेका नेता, प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्ना कार्यकर्ता भेटघाट र विभिन्न राजनीतिक कार्यक्रमहरुमा सहभागि हुन शनिबार काठमाण्डौबाट दार्चुला प्रस्थान गर्नुभएको छ । नेता ठगुन्ना कार्तिक १ गते दार्चुलाको प्रवेशद्धारा शैल्यशिखर नगरपालिका ९ गोकुलेश्वर पुग्ने र १ गतेदेखि नै कार्यकर्ता भेटघाट गर्ने कार्यक्रम रहेको उहाँको सचिवालयले जनाएको छ । कार्तिक २ गते जिल्ला कमिटी सचिवालय बैठकमा सहभागिता जनाउने कार्यक्रम रहेको बताइएको छ । पूर्व संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री समेत रहनुभएका नेता ठगुन्ना कार्तिक महिनाको पहिलो हप्ता नेकपा एमालेका विभिन्न कमिटीहरुद्धारा आयोजित कार्यक्रममा सहभागि हुने कार्यक्रम रहेको नेकपा एमाले दार्चुलाले जनाएको छ ।

प्रमुख पार्टीका नेताहरु दार्चुला आउनलागेसंगै जिल्ला सदरमुकाम खलंगामा कार्यकर्ताहरुको चहलपहल बढेको छ । शनिबार देखि नै कार्यकर्ताहरु खलंगा केन्द्रित हुन थालेको बताइएको छ । अधिकासं नेता तथा कार्यकर्ता सोमबारसम्म खलंगा आइपुग्ने तयारीमा छन् । स्थानीय तहको निर्वाचन समेत नजिकिदै गरेकोले राजनीतिक दलका नेताहरुले कार्यकर्ता भेटघाट र पार्टी कार्यक्रमलाई तिब्रता दिन थालेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?