मार्मा गाउँपालिका-६ मा ३३ जना माओबादी केन्द्रमा प्रवेश

दार्चुला । मार्मा गाउँपालिकामा वडा नम्बर ६ मा नेकपा एमाले र नेपाली कांग्रेश पार्टी परित्याग गरी ३३ जना कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । मार्माको वडा नम्बर ६ को वडा सम्मेलनका क्रममा नव प्रवेशिहरुलाई माओबादी केन्द्रका नेता एबं मार्मा गाउँपालिका अध्यक्ष जमन सिहं धामीले स्वागत गर्नुभएको छ ।

नेकपा माओवादी केन्द्रले मार्मा गाउँपालिका वडा नम्बर ६ को वडा सम्मेलन सम्पन्न गरेको छ। वडा कमिटी अध्यक्ष अंबिर डडालको अध्यक्षमा भएको कार्यक्रममा मार्मा गाउँपालिकाका अध्यक्ष जमन सिह धामी प्रमुख अतिथि रहनुभएको थियो । त्यस्तै कार्यक्रममा नेकपा माओवादी केन्द्र जिल्ला कमिटी कार्यालय सदस्य पान सिह धामी, मार्मा गाउँपालिका कमिटी इन्चार्ज धिरेन्द्र सिह धामी, गाउँकमिटी अध्यक्ष नरबहादुर विष्ट, जिल्ला कमिटी सदस्य केशव सिह धामी, वडा नम्बर ६ का वडाअध्यक्ष महादेव सिह डडाल लगायतको सहभागिता रहेको थियो।

वडा सम्मेलनबाट नयाँ कमिटी चयन गरिएको छ। अध्यक्ष अंकिबर डडाल, उपाध्यक्ष धिर्क महर, हरक सितोली, महिला उपाध्यक्ष चनमती कोट्टारी, सचिव पूर्ण सिह महर रहने गरि कमिटी गठन गरिएको शेरिबाट लोकदर्पण समाचारदाता दिपेन्द्र डडालले जानकारी दिनुभयो ।

फोटो विवरण उपलब्ध छैन।

सायद फुटवेयर को तस्बिर हुनसक्छ

No description available.

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?