दार्चुला । अपिहिमाल गाउँपालिका वडा नम्बर ४ मा पनि नेकपा एमालेको वडा अधिवेसन सम्पन्न भएको छ । रामल सिंह धामीको अध्यक्षतामा ३१ सदस्यिय वडा कमिटी गठन गर्दै वडा अधिवेसन सम्पन्न भएको जिल्ला कमिटी सचिवालय सदस्य पोखरसिह रोकायले जानकारी दिनुभयो । वडा कमिटी उपाध्यक्षमा सरला बोहरा, सचिव कम्लेश धामी, सह सचिव प्रदिप मन्याल र जानकी अट्याल चयन हुनुभएको छ ।
रामल सिंह धामीको अध्यक्षतामा आयोजित अधिवेसन समारोहमा नेकपा एमाले दार्चुलाका अध्यक्ष रामदत्त जोशीको प्रमुख आतिथ्यता रहेको थियो । अपिहिमाल गाउँपालिका अध्यक्ष एबं एमाले जल्ला कमिटी सचिवालय सदस्य धर्मानन्द मन्याल (डि.एन घाजिरेल), एमाले दार्चुलाका नेताहरु पोखर सिंह रोकाया, उर्मिला बोहरा, चन्द्र धामी, शान्ति धामी, अमिता धामी लगायतको आतिथ्यता रहेको थियो ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया