दार्चुलाको महाकाली नगरपालिकासहित देशैभरका पालिकामा एमालेको अधिवेशन सुरु

दार्चुला । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको दार्चुलाको महाकाली नगरपालिकासहित देशैभरका अधिकासं स्थानीय तहमा मङ्गलबार एकसाथ अधिवेशन सुरु भएको छ । एमाले केन्द्रीय कार्यालयबाट पार्टी अध्यक्ष केपी शर्मा ओलीले पालिका अधिवेशनको भर्चुअल माध्यममार्फत औपचारिक उद्घाटन गर्नुभएको हो । एमाले अध्यक्ष ओलीले देशैभरका सबै पालिका र विशेष इलाकाहरुको अधिवेशन उद्घाटन भएको उद्घोष गर्नुभएको हो । दार्चुलाको महाकाली नगरपालिकाको नगरअधिवेसन समेत अध्यक्ष ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्नुभयो ।

नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सहइन्चार्ज एबं सासंद गणेशसिंह ठगुन्नाको प्रमुख आतिथ्यतामा दार्चुला विकास संगठनको हलमा आयोजित एमालेको महाकाली नगरपालिकास्तरीय नगर अधिवेसनमा नेकपा एमाले दार्चुलाका नेता, कार्यकर्ताहरुको उपस्थिति रहेको छ । अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुने एमालेले जनाएको छ । एमालेको वडा र पालिका अधिवेनमा स्थानीयस्तरमा अध्यक्ष एक, उपाध्यक्ष एक, सचिव एक र उपसचिव दुई रहेका छन । एमालेको दशौँ महाधिवेशन आउँदो मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने तय भइसकेको छ । जिल्ला अधिवेसन मंसिर ६ र ७ गते जिल्ला सदरमुकाम खलंगामा आयोजना गर्ने निर्णय भएको र जिल्ला अधिबेसन आयोजक कमिटीको बैठक कार्तिक २२ गते खलंगामा बस्ने निर्णय गरिएको नेकपा एमाले दार्चुलाका प्रचार विभाग प्रमुख बडालले बताउनुभयो । वडा र पालिका अधिवेसन सम्पन्न गर्नका लागि एमालेले सबै स्थानीय तहमा नेताहरु परिचालन गरेको छ । कार्तिक १० गते दुहुँ र ११ गते व्यासमा अधिवेसन आयोजना हुने एमाले दार्चुलाका प्रचारप्रसार विभाग प्रमुख खडक बडालले बताउनुभयो । 

पालिका अधिवेशसन सम्पन्न गर्न सबै स्थानीय तहका लागि उत्प्रेरक तोकिएको छ । भने अधिवेसनको कार्यतालिका समेत तय गरिएको छ । जसअनुसार महाकाली नगरपालिकाकामा कार्तिक ९ गते नगर अधिवेसन सम्पन्न गर्नका लागि गणेशसिंह ठगुन्ना र चरन बुढाथोकीलाई उत्प्रेरक तोकिएको छ । १० गते दुहुँ गाउँपालिकामा गाउँपालिका अधिवेसन सम्पन्न गर्न उदय बडाल, ११ गते व्यासमा अधिवेशन गर्न नगेन्द्र तिकंरी, १३ गते नौगाडमा अधिवेसन सम्पन्न गर्न ज्ञानेन्द्र घर्ती, १४ गते मार्मा गाउँपालिकामा अधिवेसन गर्न लालबहादुर बिक, देबसिह महर, अकबर ठगुन्ना, प्रेमसिह धामी र धर्मानन्द मन्याललाई उत्प्रेरक तोकिएको छ । अपिहिमाल गाउँपालिकामा १५ गते अधिवेसन गर्ने गरी रामदत्त जोशी, १७ गते शैल्यशिखर नगरपालिकामा नगरअधिवेसन सम्पन्न गर्न मोहनसिह धामी, १८ गते लेकम गाउँपालिकामा अधिवेसन गर्न गेल्बु बोहरा र १९ गते मालिकार्जुनमा अधिवेसन सम्पन्न गर्न हरदेब जोशीलाई उत्प्रेरक तोकिएको नेकपा एमाले दार्चुलाका प्रचार विभाग प्रमुख बडालले जानकारी दिनुभयो ।

एमाले विधान अनुसार गाउँपालिका र नगरपालिका बढीमा ७५ सदस्यीय कमिटी गठन गरिने व्यवस्था छ । यसैगरी, उपमहानगरपालिकामा ८५ र महानगरमा १०१ सदस्यीय पार्टी कमिटी गठन हुने व्यवस्था छ । यसैबीच प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतको मानमर्दन भइरहेको बताउनुभएको छ । सर्वोच्च न्यायलयनै विवादित बनिरहँदा जनताले न्याय पाउने विषय निराशाजनक बन्ने तर्क उहाँको छ । उहाँले विगतमा अदालतको फैसला संविधान विपरीत भएको भए पनि सर्वोच्चको फैसला मान्नुपर्ने धारणाा अनुरुप एमाले अघि बढेको प्रष्ट्याउनुभयो । यससँगै एमालेलाई कमजोर बनाउन विभिन्न व्यक्ति र तत्वहरु सक्रिय भएका कारण पार्टी चोइटिने अवस्थामा पुगेको पनि उहाँले बताउनुभयो । समग्रमा अहिले देश र राजनीतिक दलहरु चुनाव केन्द्रित भएको भनाइ पनि उहाँले राख्नुभयो ।

सम्बन्धित समाचार: एमाले दार्चुलाको सचिवालय बैठक सम्पन्न, जिल्ला अधिवेशन मंसिर ६ र ७ गते खलंगामा गर्ने

सायद ५ जना मानिसहरू, बसिरहेका मानिसहरू तथा  उभिएका मानिसहरू को तस्बिर हुनसक्छ

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?